०८ साउन २०८३, शुक्रबार

भारतीय रक्षा सचिवसँग प्रधानसेनापति सिग्देलको भेटवार्ता

मंसिर २६, २०८१
काठमाडौं
भारतीय रक्षा सचिवसँग प्रधानसेनापति सिग्देलको भेटवार्ता

चार दिने भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलले भारतका रक्षा सचिव राजेश कुमार सिंहसँग भेटवार्ता गरेका छन् । 

भारतीय रक्षा मन्त्रालयका अनुसार नयाँ दिल्लीमा भएको भेटवार्तामा दुई देशको रक्षा सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको छ । भ्रमणको पहिलो दिन प्रधानसेनापति सिग्देलले त्यहाँका रक्षा सचिवसँग भेटेका हुन् ।

प्रधानसेनापति सिग्देल मंगलबार भारत भ्रमणमा गएका हुन् । उनी भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न भारत पुगेका हुन् ।

प्रधानसेनापति सिग्देलले भोलि मंसिर २७ गते भारतका राष्ट्रपति द्रौपदी मुर्मूबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्राप्त गर्ने कार्यक्रम छ । 

null

त्यस्तै, भ्रमणका क्रममा भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक शिक्षालयमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिका रूपमा सिग्देल सहभागी हुने जङ्गी अड्डाले जनाएको छ ।

प्रधानसेनापतिसहितको भ्रमण दल मंसिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

भारतीय स्थल सेना अध्यक्ष उपेन्द्र द्विवेदीले मंसिर ६ गते नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न तथा खड्ग प्राप्त गरेका थिए । 

नेपाल–भारतबिचको सैनिक सम्बन्धको निरन्तरता स्वरूप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।

salt training

कमेन्ट गर्नुहोस्