११ साउन २०८३, सोमबार

२०३४ को फिफा विश्वकप साउदी अरबले आयोजना गर्ने

मंसिर २६, २०८१
काठमाडौं
२०३४ को फिफा विश्वकप साउदी अरबले आयोजना गर्ने

फुटबलको सर्वोच्च प्रतियोगिता फिफा विश्वकपका आगामी दुई संस्करणका आयोजक देशहरूको घोषणा भएको छ । फिफाले २०३० र २०३४ का विश्वकप आयोजना गर्ने देशबारे आफ्नो आधिकारिक फेसबुक पोस्टमार्फत जानकारी दिएको छ ।

फिफाका अनुसार विश्वकप २०३० को आयोजना मोरक्को, पोर्चुगल र स्पेनले संयुक्त रूपमा गर्नेछन् । यसका साथै प्रतियोगिताका तीन विशेष उद्घाटन खेलहरू अर्जेन्टिना, पराग्वे र उरुग्वेमा सम्पन्न हुनेछन् ।

यो वर्ष विश्वकपको १०० औं संस्करण मनाइने भएकाले दक्षिण अमेरिकी देशहरूमा विशेष खेल आयोजना गरी ऐतिहासिक क्षणलाई सम्मान गरिनेछ ।

फिफा विश्वकप २०३४ को आयोजना भने साउदी अरेबियाले पहिलो पटक गर्नेछ । यस निर्णयसँगै साउदी अरेबियाले विश्वस्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्ने ऐतिहासिक अवसर प्राप्त गरेको छ ।

२०३० को विश्वकपले तीन महादेशको सहभागिता र इतिहासलाई जोड्ने फिफाको विश्वास छ भने २०३४ मा साउदी अरेबियाले पहिलो पटक विश्वकपको आयोजना गर्दै नयाँ कीर्तिमान रच्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्