१५ असार २०८३, सोमबार

ढोरपाटन सिकार आरक्ष पुग्ने सडक स्तरोन्नति हुँदै

मंसिर २७, २०८१
बाग्लुङ
ढोरपाटन सिकार आरक्ष पुग्ने सडक स्तरोन्नति हुँदै

तमानखोला गाउँपालिकाको बोङ्गादोभानबाट ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको स्तरोन्नति प्रारम्भ भएको छ । 

दश किलोमिटर लामो यो सडकको स्तरोन्नतिका लागि  तमानखोला गाउँपालिकाले एक करोड ४५ लाख ५८ हजार विनियोजनगरी काम थालेको गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले जानकारी दिए । 

ढोरपाटनसम्मको यात्रालाई सहज बनाउन थालिएको स्तरोन्नतिका क्रममा सडक चौडा गर्ने, पानीको निकासका निम्ति नाली र बोङ्खानीखोलामा कल्भर्ट निर्माण गरिने छ । यो बाटो  २०७५ सालमा  खुलेको हो । 

तमानखोला–२ का चुलेन्द्र विकले अहिलेको साँघुरो सडक  अब फराक भएपछि सबै प्रयोगकर्ताको आवागमन सहज हुने बताए । तमानखोला बाग्लुङको विकट गाउँपालिका हो । यहाँका धेरै स्थानलाई सडक सञ्जालबाट जोड्न बाँकी छ । 

salt training

कमेन्ट गर्नुहोस्