११ साउन २०८३, सोमबार

सांगठनिक संरचना र नेताहरूको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

मंसिर २७, २०८१
काठमाडौं
सांगठनिक संरचना र नेताहरूको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ ।

बिहीबार बस्ने स्थायी कमिटी बैठकले नेताहरूको जिम्मेवारी र संगठन संरचनामा फेरबदल गर्ने तयारी गरेको हो ।

बिहीबार अपराह्न केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले कार्यविभाजन भएका नेताको नामावली प्रस्तुत गर्ने छ । 

पार्टीका सचिव सोमप्रसाद पाण्डेयका अनुसार  विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसंगठन इञ्चार्जलगायत पदमा दिइने जिम्मेवारीलाई बैठकले अनुमोदन गर्ने छ । 

बुधबारको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्