१० साउन २०८३, आइतबार

रास्कोट अस्पताल प्रकरण : आफू र रविसहित ५ जनामाथि अनुसन्धान गर्न मुकुलको माग

मंसिर २७, २०८१
काठमाडौं
रास्कोट अस्पताल प्रकरण : आफू र रविसहित ५ जनामाथि अनुसन्धान गर्न मुकुलको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व महामन्त्री डा. मुकुल ढकालले रास्कोट अस्पताल निर्माणका क्रममा भएको अनियमिततामा छानबिनको माग गरेका छन् ।

रवि लामिछाने फाउन्डेसनमार्फत पैसा हिनामिना भएको आशंका आफूलाई पहिल्यैदेखि भएको भन्दै उनले आफूसमेत ५ जनामाथि छानबिनको माग गरेका हुन् ।

'नेपाल सरकार र सम्बद्ध निकायलाई फाउन्डेसन र अस्पतालको विषयमा रवि लामिछाने, डीपी अर्याल, दीपक बोहोरा, निकिता पौडेल र म मुकुल ढकालमाथि छानबिनका लागि आग्रह गर्दछु । म कुनै पनि प्रकारको अनुसन्धान र छानबिनका लागि पूर्णरूपले तयार छु र हुलहुज्जतविना कानूनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,' ढकालले ट्विटरमा लेखेका छन् ।

ट्वीटमा उनले भनेका छन्, 'रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसन दुई फरक संस्था हो । रास्कोट अस्पतालमा पैसा पुगेपछि टेन्डर विधिबाट पैसा निकासा गरिएको थियो, त्यसकारण यसमा कुनै पनि प्रकारको हिनामिनाको सम्भावना छैन । रवि लामिछाने फाउन्डेसनको पैसा हिनामिनाको शंका मलाई त्यतिबेला नै लागेको थियो र मैले तत्कालीन अध्यक्ष रवि लामिछानेलाई पैसा हिनामिनाको विषयबारे लिखित जानकारी गराएको थिए । दुवै संस्थाको सञ्चालक समितिको सदस्यमा म थिएँ र केही चेकमा मेरो हस्ताक्षर पनि छन् । मैले काटेको चेक कुनै हिनामिनामा संलग्न छैन र म त्यसको पूरै जिम्मेवारी लिन्छु ।' 

कालीकोटको रास्कोटमा अस्पताल निर्माणका लागि दाताबाट उठाएको रकम रवि लामिछनेपत्नी निकिता पौडेलको खातामा गएको पाइएपछि यो विषय चर्चामा छ ।

 
 

salt training

कमेन्ट गर्नुहोस्