०८ साउन २०८३, शुक्रबार

प्रधानसेनापति सिग्देललाई भारतमा मानार्थ महारथीको उपाधि

मंसिर २७, २०८१
काठमाडौं
प्रधानसेनापति सिग्देललाई भारतमा मानार्थ महारथीको उपाधि

प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय स्थल सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । 

भारतको राजधानी नयाँ दिल्लीमा बिहीवार भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानपति सिग्देललाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सुशोभन गरेकी हुन् । 

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा मंसिर ३५ गते नयाँ दिल्ली गएका प्रधानसेनापतिलाई बिहीवार मानार्थ महारथीको दर्ज्यानी चिन्हले सुशोभन गरिएको हो । 

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी र नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी प्रदान गर्दै आएको छ । 

प्रधानसेनापति सिग्देलले बुधवार भारतीय रक्षा सचिव राजेशकुमार सिंहसँग भेटवार्ता गरेका थिए । बुधवार नै उनले भारतीय सेनाध्यक्ष द्विवेदीसँग पनि भेटवार्ता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्