०३ असार २०८३, बुधबार
मुद्दा दर्ताअघि दुर्गा प्रसाईंको बयान

‘कम्बोडिया बस्ने नेपालीले पठाएको कागज सार्वजनिक गरेको हुँ, मैले बनाएको होइन’ [बयानको पूर्ण विवरणसहित]

मंसिर २७, २०८१
काठमाडौं
‘कम्बोडिया बस्ने नेपालीले पठाएको कागज सार्वजनिक गरेको हुँ, मैले बनाएको होइन’ [बयानको पूर्ण विवरणसहित]

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा बस्ने नेपालीले कागज पठाएपछि आफूले सार्वजनिक मात्रै गरेको बयान दिएका छन् । यी कागजात बनाउनमा आफ्नो कुनै भूमिका नरहेको उनले सरकारी वकिलसमक्ष  बताएका छन् । 

प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियामा रहेको एक्जियटा कम्पनीमा लगानी रहेको बताएका थिए । प्रधानमन्त्री ओलीको लगानी रहेको प्रमाण भन्दै ‘फर्जी’ कागजात सार्वजनिक गरेपछि प्रहरीको साइबर ब्यूरोले उनलाई मंसिर ४ गते भक्तपुरबाट पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । 

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ । साइबर ब्यूरोले विद्युतीय अपराधको कसुरमा ५ वर्ष कैद र एक लाख रूपैयाँसम्म जरिवानाको व्यवस्था भएकाले उक्त सजाय मागदाबी गर्दै मुद्दा दर्ता भएको छ । त्यस्तै, प्रसाईंलाई पटके कसुरदारको रूपमा डेढी सजायको मागदाबी गर्दै साढे ७ वर्षको कैद सजाय मागदाबी गरिएको छ । 

प्रसाईंले बयानमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीबारे आफूले ‘फेक’ कागजात तयार नपारेको बयान दिएका छन् । ‘कम्बोडियामै बस्ने नेपालीले पठाएको विवरण मैले सार्वजनिक गरेको मात्रै हो’, प्रसाईंले बयानमा भनेका छन्, ‘यो प्रमाणहरू मैले बनाएको कागजात, भिडियो तथा फोटोहरू होइन ।’

यस्तो छ प्रसाईंले सरकारी वकिल कार्यालयमा दिएको बयान :
नेपालमा भइरहेको राजनीतिक अस्थिरता, देशमा मौलाउँदो भ्रष्टाचार, चरम आर्थिक संकट, युवाहरू विदेश पलायन, सामान्य नागरिकले महंगीको मारमा झेल्नु परेको पीडा पीरमर्कालाई बुझी नेपालीहरूको अभिभावकको रूपमा मैले विगत ३ वर्षदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको रूपमा नेतृत्वदायी भूमिकामा कार्य गर्दै आइरहेको छु ।

सो कार्यहरू गर्नमा अवरोध सिर्जना गर्ने नेपालको वर्तमान संघीय सरकार तथा सरकारको नेतृत्व गर्ने प्रमुख राजनीति दलका नेताहरूलाई चुनौती दिँदै सामाजिक तथा राजनीतिक अभियानहरू चलाइरहेको छु । हाल नेपालका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यूको बारेमा बारम्बार नेपाली मिडियाहरू लगायत विदेशी मिडियाहरूले समेत ‘कम्बोडियाको टेलिकममा प्रधानमन्त्री खड्गप्रसाद ओलीले २१ करोड यूएस डलर लगानी गरेको’, त्यसको नेपाली अन्दाजी साढे ३२ अर्ब लगानी गरेको भनेको कारण सो मिडियाहरूको समाचारहरूको बारेमा केलाउनुका साथै सो विषयमा बुझ्दै गर्दा एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बरमा मलाई फोन सम्पर्क गरी खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेडमा कम्बोडियामा लगानी छ भनि जानकारी गराएका थिए ।

त्यसो भए तपाईंसँग के प्रमाण छ भनी सोधपुछ गर्दा उनले खड्गप्रसाद शर्मा ओली बिजनेस फर्मको लागि १४ मे २०१९ मा कम्बोडियामा जाँदाखेरी भाग लिएको अवस्थाको भिडियो र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेकोमा त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्सएपमा पठाइदेऊ भनेकोमा निजले पठाइ दिएका थिए ।

यो प्रमाणहरू मैले बनाएको कागजात, भिडियो तथा फोटोहरू होइन । गरिब, विकासोन्मुख हाम्रो देशका प्रधानमन्त्रीसँग कम्बोडियामा लगानी गर्ने यत्रो पैसा कहाँबाट आउँछ, न त हाम्रो देशका प्रधानमन्त्री ठूलो व्यापारी, न त ठूलो व्यवसायी, न त ठूलो उद्योगी यत्रो रकम किन, कसरी लगानी गरे भन्ने विषयमा जनतासामू प्रष्ट पारौं भन्ने उदेश्यले मैले विभिन्न मिडियाका साथीहरूलाई बोलाई प्रेसमिट गरेको थिएँ ।

त्यतिबेला मैले ‘यहाँका नेताहरूको पैसा कम्बोडिया, मंगोलिया, तुर्किमेनिस्तान, साउथ अफ्रिका, केन्या, दुबई, सिंगापुरमा छ । मसँग प्रमाण छ, लिखित सिग्नेचर भएका पेपरहरू छन्, मसँग बुझ्नु भो मलाई यिनीहरुले मारे भने अर्कै कुरो हो नभए दुर्गा प्रसाईं बिक्दैन, संसारमा दुर्गा प्रसाईं मर्छ, बिक्दैन । संसारमा दुर्गा प्रसाईं झुक्छ, तर बिक्दै । किनभने मैले नेपालीहरू रोएको, नेपाली चेलिबेटीहरू रोएको देखेको छु भनेँ । उक्त कुरा बोल्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले स्मार्ट एक्जिएटा कम्पनी लिमिटेड कम्बोडियामा लगानी गर्नु भएको रकमसहितको कागजातहरू देखाउँदै सोसँग सम्बन्धित विषयमा सम्वाद गर्दै गर्दाको भिडियोलाई मैले प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जाल फेसबुकबाट शेयर गरेको थिएँ । ‘ल हेर्नुहोस् केपी ओलीको कम्बोडियामा लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र’ भन्ने लगायतको स्टाटसहरूको साथमा भिडियो समेत अपलोड र पोष्ट गरेको हुँ । 

हेर्नुहोस् बयानको पूर्णपाठ :

salt training

कमेन्ट गर्नुहोस्