३१ असार २०८३, बुधबार

ब्रिटिश एयरवेजका पाइलटको तलब वार्षिक ३ करोडसम्म: स्वेच्छिक पेन्सन, टिकटमा छुट

मंसिर २७, २०८१
काठमाडौं
ब्रिटिश एयरवेजका पाइलटको तलब वार्षिक ३ करोडसम्म: स्वेच्छिक पेन्सन, टिकटमा छुट
तस्वीर: ब्रिटिश एयरवेज

बेलायतको राष्ट्रिय ध्वजावाहक एयरलाइन्स ब्रिटिश एयरवेज(बीए)  विश्वकै अग्रणी एयरलाइन्समध्ये एक हो ।

भर्खरै आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको यो एयरलाइन्सले यात्रुको सेवाका लागि उच्च गुणस्तर कायम गर्दै आएको छ ।

ब्रिटिश एयरवेज विशेष गरेर पाइलटहरूको आकर्षक तलब र सुविधाका लागि विश्वभर चर्चित छ ।

ब्रिटिश एयरवेजले आफ्ना पाइलटहरूलाई आकर्षक आधारभूत तलब र उडान घण्टाका आधारमा थप पारिश्रमिक प्रदान गर्छ ।

बीएको पछिल्लो जानकारीअनुसार प्रशिक्षण सकेर काम शुरू गरेका नयाँ पाइलटले वार्षिक ६५ हजार पाउन्ड अर्थात् नेरु १ करोड १४ लाख सम्म तलब पाउँछन् ।

त्यस्तै फर्स्ट अफिसरले वार्षिक तलबका रूपमा १ लाख पाउन्डदेखि १ लाख २० हजार पाउन्डसम्म (नेरु १ करोड ७५ लाखदेखि २ करोड १० लाखसम्म) पाउँछन् ।

अनुभव, वरिष्ठता र उडान घण्टाका आधारमा यो रकम फरक पर्न सक्छ ।

त्यस्तै बीएका क्याप्टेनहरूले वार्षिक १ लाख ६७ हजार पाउन्ड (नेरु २ करोड ९२ लाख)सम्म कमाउँछन् । विमानको प्रकार र गन्तव्यको आधारमा यो तलब फरक हुन सक्छ ।

तलब र उडान घण्टाका आधारमा इन्सेन्टिभबाहेक बीएका पाइलटहरूले अन्य धेरै आकर्षक सुविधाहरू पाउँछन् ।

सन् २०११ मा इबेरिया एयरलाइन्ससँगको मर्जरपछि बीएले अनिवार्य पेन्सन योजना हटाएको छ तर पनि पाइलटहरू स्वैच्छिक पेन्सन योजनामा सहभागी हुन सक्छन् ।

यस योजनामा पाइलटले आफ्नो बेसिक तलबको ७ देखि १५ प्रतिशत सम्म योगदान गर्न सक्छन् भने कम्पनीले थप २ प्रतिशत योगदान गर्छ ।

त्यस्तै ब्रिटिश एयरवेजका पाइलटहरूले यात्राका क्रममा टिकट खरिद गर्दा ९० प्रतिशतसम्म छुट पाउँछन् ।

बीएका पाइलटहरूको आफ्नै स्वतन्त्र युनियन छ । उनीहरूको हकहितका लागि यूनियनको प्रभावकारी भूमिका हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्