
बिहीबार बाँके, कास्की र इलाममा तीन जना मृत भेटिएका छन् ।
बाँकेको बैजनाथ गाउँपालिका-२ पितमारीस्थित रेशम बैगारको घरमा सोही ठाउँ बस्ने २२ वर्षीय अम्मर विक बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै, कास्कीको मादी गाउँपालिका-११ ठुल्ढुङ्गा बस्ने ७२ वर्षीय रिठ्ठे रानाभाट सोही ठाउँस्थित खेतमा मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार इलामको देउमाई नगरपालिका-१ चमैतास्थित बाटोमा माङसेबुङ गाउँपालिका-२ घर भएका २९ वर्षीय सरोज लिम्बु मृत अवस्थामा फेला परेका छन् ।
घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको सम्बन्धित जिल्लाका प्रहरीले जनाएका छन् ।