३० जेठ २०८३, शनिबार
एनपीएल क्रिकेट

कर्णालीले दियो लुम्बिनीलाई १२९ रनको लक्ष्य

मंसिर २८, २०८१
काठमाडौं
कर्णालीले दियो लुम्बिनीलाई १२९ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको अहिले जारी खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२८ रन बनाएको हो । 

कर्णालीका लागि विलियम बसिस्टोले सर्वाधिक ४४ रन जोडे । अर्जुन घर्तीले २५, बाबर हायातले २० रन बनाए ।

लुम्बिनीका लागि विकास आग्रीले ३ र तिलक भण्डारीले २ विकेट लिए ।

रोहित पौडेल, सादबीन जफर र रामोन सिम्मोन्डस्ले समान १-१ विकेट लिए ।

एनपीएलको आफ्नो अन्तिम खेलमा लुम्बिनी जीतसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । ६ खेल खेलिसकेको लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना समाप्त भइसकेको छ ।

 लुम्बिनीलाई हराएर कर्णाली प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्यमा छ । 

salt training

कमेन्ट गर्नुहोस्