
व्यापारिक घराना ज्योति समूह पद्म ज्योति समूहमा रूपान्तरण भएको छ । आइतबार पद्म ज्योति समूह घोषणा गरिएको हो । पद्म ज्योति समूहले यो घोषणालाई विकास र सृजनशीलताको नयाँ यात्राको शुरूआत भनेको छ।
धेरै बाधा र चुनौती पार गर्दै कम्पनी निरन्तर अगाडि बढ्ने समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ग्रुपले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरूसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू पनि ल्याइरहेको जनाएको छ ।