२९ असार २०८३, सोमबार

दाङमा विंगर गाडी दुर्घटना : दुई जनाको मृत्यु, १२ घाइते

पुस १, २०८१
बुटवल
दाङमा विंगर गाडी दुर्घटना : दुई जनाको मृत्यु, १२ घाइते

दाङमा विंगर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउँखोला बक्सकटिङ नजिकै विङ्गर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । 

उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । 

कपिलवस्तुको चद्रौटाबाट बर्दिया जाँदै गरेको लु १ ज ४२९८ नम्बरको गाडी बिहान करिब ५ बजेतिर दुर्घटनामा परेको थियो । 

प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए । 

तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुन सक्ने प्रहरी नायव उपरीक्षक थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्