
नेपाली कांग्रेसले आज (सोमबार) आकस्मिक रूपमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।
काठमाडौंका पूर्वमेयर एवम् पूर्वमन्त्री पीएल सिंहको निधनपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।
बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ ।
बैठकमा शोक प्रस्तावबारे निर्णय गर्ने कांग्रेसको तयारी छ ।