२८ जेठ २०८३, बिहीबार

चितवनमा प्रचण्डदेखि वहालवालामन्त्रीसम्म उम्मेदवार भएपछि सुरक्षा चुनौति

कात्तिक २८, २०७४
चितवनमा प्रचण्डदेखि वहालवालामन्त्रीसम्म उम्मेदवार भएपछि सुरक्षा चुनौति

चितवन, २८ कात्तिक प्रतिनिधिसभातर्फ जिल्लाका ३ वटै क्षेत्रमा ‘हेभिवेट’ उम्मेदवार बनेपछि सुरक्षा चुनौती बढेको छ । पूर्वप्रधानमन्त्री र मन्त्री नै उम्मेदवार बनेपछि सुरक्षा सतर्कता बढाइएको छ, कात्तिनपुरमा खबर छ ।

जिल्लाको क्षेत्र ३ ले सबैको ध्यान खिचेको छ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चुनावी प्रतिस्पर्धामा रहेकाले यो क्षेत्र विशेष चर्चामा छ । वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे उनका प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा ओर्लिएका छन् । कांग्रेससँगको तालमेलमा पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका छन् । उनी पार्टीका केन्द्रीय उपाध्यक्षसमेत हुन् । 

दाहालको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानको टोली नै खटिएको छ । पाण्डेको सुरक्षा पनि कम्ती छैन । सेना र प्रहरीका १ /१ जना सँगै जिल्ला प्रहरीले थप सुरक्षा प्रबन्ध मिलाएको छ । क्षेत्र २ मा कांग्रेसका तर्फबाट शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी उम्मेदवार छन् । क्षेत्र १ मा पूर्वअर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डे प्रतिस्पर्धामा छन् । दुवैले व्यक्तिगत सुरक्षाकर्मी राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्