२५ असार २०८३, बिहीबार

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त

पुस १, २०८१
काठमाडौं
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त

सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गरेको छ । 

मंसिर २८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ढुंगानालाई केन्द्रको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय भएको सुनाए ।

यस्तै, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा डा राजेन्द्र प्रसाद बराल (कास्की) र दीपकराज सापकोटा (भोजपुर)लाई मनोनयन गर्ने निर्णय मन्त्री गुरुङले  जनाए ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल सरकारले अघिल्लो वर्ष बर्खास्त गरेको थियो । उनी भ्रष्ट्राचार मुद्दामा विशेष अदालतमा दोषी ठहर समेत भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्