२४ असार २०८३, बुधबार

लागुऔषधसहित ३ जना पक्राउ

पुस १, २०८१
सर्लाही
लागुऔषधसहित ३ जना पक्राउ

सर्लाहीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागमती नगरपालिका- ७ निमिचोकका ३५ वर्षीय मोहनबहादुर योञ्जनसहित ३ जना रहेका छन् ।

उनीहरूको साथबाट लागुऔषध ओनेरेक्स १ सय मिलिलिटरको ७ बोतल, कोडेडाइल- टी १ सय मिलिलिटरको ३ बोतल बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले सोमबार बिहान मोहन बहादुरको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारेको हो ।

साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकलसमेत बरामद गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्