
दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सोमबार बेलुका राप्ती गाउँपालिका-२ लालमटिया (कटेशनाला नजिक) पश्चिमबाट पूर्वतर्फ छुटेको बा ४ ख २२६१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनलाई स्वास्थ्य चौकी भालुवाङ लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । ट्रक प्रहरीको नियन्त्रणमा छ ।