०५ असार २०८३, शुक्रबार

मधेशका मुख्यमन्त्री भन्छन्- भ्रष्टाचार गर्नेलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्छ

पुस २, २०८१
धनुषा
मधेशका मुख्यमन्त्री भन्छन्- भ्रष्टाचार गर्नेलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्छ

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्ने बताएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले भ्रष्टाचार गर्नेलाई पाँच वर्षदेखि १० वर्षसम्मको सजाय गर्नुभन्दा आजीवन काराबासको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् । 

मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको कानुन पर्याप्त नरहेको बताए । 

राजनीतिक क्षेत्र तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारीले विलासी जीवनशैली जिउने चाहना राख्दा भ्रष्टाचारले प्रश्रय पाइरहेको उनको भनाइ थियो । कर्मचारीको तलब कम भएकाले पनि जीवन धान्न भ्रष्टाचार गर्ने गरेको हुनसक्ने उनले बताए । समयसापेक्ष कर्मचारीको तलब वृद्धि गर्दै जानुपर्नेमा उनले जोड दिए । 

तलब वृद्धि गर्ने, भ्रष्टाचार गरेको पाइएमा ती व्यक्तिमाथि कडा सजायको व्यवस्था गर्ने, सूचनाको हकलाई नागरिकसम्म पहुँच विस्तार गर्नेलगायत काम गरेमा भ्रष्टाचारमा कमी आउने उनले दाबी गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्