३० जेठ २०८३, शनिबार

रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : वर्षमान पुन

पुस २, २०८१
बाग्लुङ
रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताएका छन् ।

उनले अनुत्पादक क्षेत्रमा लगानी बढ्दा रोजगारीका अवसर सङ्कुचित भएका बताए ।

नेकपा माओवादी केन्द्र बागलुङ नगर कमिटीको आयोजनामा आज भएको विचार गोष्ठीमा पूर्वअर्थमन्त्री पुनले रोजगारीका अवसर सृजना गरेर युवा वर्गलाई विदेश पलायन हुनबाट जोगाउनुपर्नेमा जोड दिए ।

उनले लोकतन्त्रिक प्रणालीको संरचनामा सुधार गर्ने, नेतृत्वमा फेरबदल र सङ्गठनको सुधार गर्न आवश्यक रहेको बताए ।

साथै उनले देशमा परिवर्तनका निम्ति माओवादीको ठूलो योगदान रहेको दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्