२४ जेठ २०८३, आइतबार

एमालेको हेटौंडा उपमहानगर अध्यक्षमा कार्की निर्वाचित

पुस २, २०८१
मकवानपुर
एमालेको हेटौंडा उपमहानगर अध्यक्षमा कार्की निर्वाचित

नेकपा एमाले हेटौंडा उपमहानगरको अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित भएका छन् । एमाले हेटौंडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।

सोमबार भएको निर्वाचनमा कार्की एक सय ७६ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी जनरल श्रेष्ठले एक सय ३३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा राजकुमार बाँस्तोला, सचिवमा शान्ता गौतम, उपसचिव खुल्लामा शान्तेकुमार तामाङ र उपसचिव महिलामा चन्द्रावती पनेरू निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्