१९ असार २०८३, शुक्रबार
कांग्रेस–एमाले गठबन्धनको भविष्य

‘सरकारको आयु प्रधानमन्त्रीमै निर्भर छ’

पुस ४, २०८१
काठमाडौं
‘सरकारको आयु प्रधानमन्त्रीमै निर्भर छ’

हाम्रो जनमानसको मनोविज्ञान नै जसरी बने पनि सरकार पनि स्थायी हुँदैन भन्ने छ । यो मनोविज्ञान बन्नुका दुई/तीनवटा कारण छन् । हाम्रोमा कोलिसन नभई सरकार बन्न सक्दैन । कोलिसन पार्टनरबीच एकआपसमा विश्वास र भरोसा हुँदैन । असाध्यै व्यक्तिकेन्द्रित भएर सत्ताको फेरबदलमा लाग्ने स्थिति छ । अलि पहिलेदेखि यो खालको परिस्थिति बन्दै आएको छ । यसले गर्दा सरकार बनेकै दिनदेखि सामान्य जनमानसमा यो सरकार पनि लामो समय जाँदैन भन्ने परिस्थिति बन्छ । प्रधानमन्त्री मात्रै निर्वाचित भएर सरकारले आकार ग्रहण गरिनसक्दै नै सरकार लामो समय जाँदैन भन्ने हल्ला चल्छ । 

अर्कातिर नेताहरूको सोच, शक्ति र सामर्थ्यको प्रयोग सरकार गठन र विघटनमा केन्द्रित छ । देश विकास र जनताको मुद्दाभन्दा चलखेल बढी हुने गर्छ । सत्ताबाट विपक्षमा पुगेलगत्तै चलखेलको क्रम शुरू हुन्छ । विपक्षमा बस्नेले सरकारको दललाई थुत्न खोज्ने, भड्काउन खोज्ने, उकास्ने, फकाउनेदेखि धम्क्याउनेसम्मको काम गर्छन् । यस्तो प्रवृत्ति हिजो पनि थियो, आज पनि भइरहेको छ । 

सरकारमा भइरहेका उतारचढावका विषयमा भाइब्रेन्ट मिडियाबाट जनताले थाहा पाइरहेका छन् । कतिपय मिडियाले नभएको पनि भन्न थालेपछि समस्याजस्तो देखिन्छ । मिसइन्फरमेसन र डिसइन्फरमेसनको असर पब्लिकमा असाध्यै पर्न थालेको छ । हिजोदेखिको संस्कार, आचरण, चरित्र, सोच र चिन्तन सबैसँग फेमिलियर भएपछि प्रतिपक्ष सबै हिसाबले लाग्छ । 

अर्कातिर सरकारमा हुने दलमा एकमतले अघि बढौं भन्ने कहिल्यै देखिएको छैन । एमाले र माओवादी सरकारमा हुँदा कम्युनिस्ट–कम्युनिस्ट भन्ने थियो । हामी सँगै छौं भन्दै गर्दा कम्युनिस्ट जनमतको प्रतिस्पर्धामा उनीहरू नै थिए । दलगत प्रतिस्पर्धाको स्वाार्थ पनि सत्ता सहयात्रामा आपसी विश्वास देखाएको पाइँदैन । अहिले मिलेका कांग्रेस र एमाले दुई ठूला दल हुन् । सँगै सरकारमा पनि छन् । तर, सँगै यी दुई मुख्य प्रतिस्पर्धी दल भएको पनि बिर्सन मिल्दैन । अर्कातिर विचारमा पनि कांग्रेस–एमाले फरक छन् । 

सरकारको नेतृत्वकर्ता कति संवेदनशील, सचेत र सौम्य छ भन्ने कुराले सरकारको उतारचढाव निर्धारण गर्छ । एमाले र माओवादीको संयुक्त सरकार हुँदा ठूलो पार्टी कांग्रेस बाहिर छ भन्ने मनोविज्ञान र डर थियो । यस्तोमा अन्य साना दल मिसाए भने फेरि पनि सरकार गिराउन सक्छन् भन्ने थियो । त्यस्तो डरका साथसाथै प्रचण्ड अस्थिर छन् भन्ने भाष्य छँदै थियो । अर्कातिर केपी ओली असाध्यै असहिष्णु छन् भन्ने थियो । एमाले र माओवादी एउटै पार्टी बनाउन गरेको अभ्यासबाट कसरी फर्किए भन्नेबारे धेरै जानकार छन् । 

बीआरआईमा प्रधानमन्त्री ओलीले पहिले गरेको सहमतिलाई फेरि नवीकरण गरेका हुन् । परियोजना विशेषमा पनि तत्काल कुन अनुदानमा हुने, कुन एडमा हुने, कुन लोनमा हुने हो भन्ने टुंगो लागेको छैन । पहिलेका जस्तै योजना अहिले परेका हुन् । झापा र डडेल्धुरामा मात्रै दुईवटा योजना नयाँ परेका छन् । यी प्रोजेक्ट पनि स–साना हुन् । 

ओलीलाई धेरैले यी सुध्रिने मान्छे होइनन् भन्ने ठान्छन् । संयुक्त सरकारमा समन्वय र सहकार्य जरुरी हुन्छ । तर, समन्वय र सहकार्य ओलीको सोच, चरित्र र आचरण नै होइन । शक्ति केन्द्रित गर्ने, संस्थालाई नमान्ने, प्रधानमन्त्री भएपछि जसरी सहकार्य गर्नुपर्थ्यो, त्यो नगर्ने मनोविज्ञानमा ओली देखिँदै आएका छन् । सहकार्यका लागि ओली लचिला नेता होइनन् भन्ने छ । ओली एक दलको सरकार जसरी रिजिड भएर प्रधानमन्त्री चलाउन खोज्छन् भन्ने भाष्य छ । 

अहिलेको सरकारमा कांग्रेस सभापति शेरबहादुर देउवा अब मेरो पालो आउँछ भनेर पर्खेर बसेका छन् । देउवाले प्रधानमन्त्रीको पालो पर्खिए पनि उनको पार्टीले पूरै मानेको देखिएको छैन । पार्टीमा पर्याप्त छलफल गरेर सामूहिक निर्णय गरेको देखिँदैन । नेता–नेतामात्रै बसेर निर्णय गरेको देखिन्छ । यसैले कांग्रेसभित्रका विभिन्न खेमाबीच सन्तुष्टि देखिँदैछ । एउटा खेमालाई प्रधानमन्त्रीको लोभमा पालोको कुराइ होला, तर अरूहरूले त सरकारले डेलिभरी गर्न सकेन, प्रधानमन्त्रीले बढी नियन्त्रण गर्दा हाम्रै मन्त्रीले पनि काम गर्न पाएनन् भन्नेछ । एकातिर ओलीले प्रधानमन्त्रीय प्रणालीजस्तो अभ्यास गरेका छन् । अर्कातिर मन्त्रीहरूले प्रधानमन्त्रीमात्रै शक्तिशाली हुने, अनि हामी साक्षीजस्तो मात्रै भयौं भन्ने स्थिति छ । तर, अहिले यताभन्दा बहस अन्यत्र बढी छ जस्तो लाग्छ । 

सरकार कति लामो जान्छ भन्ने कुरा बाह्य चलखेलले निर्धारण गर्छ भन्ने लाग्दैन । सबैभन्दा ठूला दुई दल संयुक्त सरकारमा छन् । देउवा आफ्नो पालो पर्खेर बसेका छन् । कांग्रेसमा निर्णय गर्न सक्ने सबै पकड देउवाकै छ । गुटबन्दीका बीच देउवा कांग्रेसमा शक्तिशाली छन् । पछिल्लो समय गुटमध्ये शक्तिमा देखिएका महामन्त्री गगन थापा पनि सरकारलाई असफल हुन दिनुहुन्न भन्नेमा देखिन्छन् । डा. शेखर कोइरालाको असन्तुष्टि सरकारको विषयभन्दा सुशासन र डेलिभरी भएन भन्नेतिर देखिन्छ । सरकारका कमी कमजोरीलाई औंल्याइदिने हिसाबमा उनी अगाडि बढेको देखिन्छ । यसैले कांग्रेसबाट सरकारलाई अप्ठ्यारो देखिँदैन । 

प्रधानमन्त्री कति विश्वसनीय ढंगले अगाडि बढ्छन्, यसैमा अप्ठ्यारो स्थिति कति आउँछ भन्ने निर्भर गर्छ । प्रधानमन्त्रीले लचिलो बनेर वास्तविकतालाई कति मनदेखि हृदयंगम गर्छन् र व्यावहारिक ढंगले अगाडि बढ्छन् भन्नेमा धेरै कुरा निर्भर गर्छ । बलियो सरकारको बलमा सुशासन र डेलिभरी दिन सके यस्ता हल्लाको पछाडि लाग्नुपर्दैन ।

अहिले हल्ला भएजस्तो भारतको रअका मान्छेले सरकार गिराउन खोजेका होइनन् । पहिले ऋतिक रोशनले के भने भनेर नेपालमा हंगामा भएको थियो । नेपाली मनोविज्ञान भारतको सुरक्षाको एउटा जिम्मेवारीमा कुनै समयमा भएको मान्छेको विश्लेषणको चक्करले सबैथोक बिग्रिहाल्छ भन्नेबाट माथि हुनुपर्छ । शक्तिहरूले आफ्नो अनकूल शासन होस्, आफूहरूले भनेका शासक सत्तामा जाऊन् भनेर चाहन्छन् । भारत र चीनले आ–आफ्नो अनुकूलता चाहलान् । तर, यी तपशीलका कुरा हुन् । नेपालका राजनीतिक शक्तिबीच ‘अन्डरस्ट्यान्डिङ’ हुँदासम्म कसैले यहाँको सरकार परिवर्तन गर्ने हैसियत राख्दैनन् । प्रधानमन्त्री ओलीको कार्यशैली, आचरण, तौरतरिका र मनोविज्ञानमा सत्ताको भविष्य निर्भर छ । तर, अहिले हल्ला भएजसरी डराउनुपर्ने स्थिति मैले देखेको छैन । पटक–पटक म यति दिनमा सरकार छाड्ने हो, यति दिनमा कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री हुने हो भनेर भनिरहनु पनि पर्दैन । यो एक हिसाबले अलिकति डराएको मनोविज्ञान हो । 

कांग्रेसका नेतालाई एमालेका नेताले विश्वासमा राखेर सरकारमा सहकार्य गर्न खोज्दासम्म त्यस्तो परिस्थिति आउँदैन । यसैले ओली सरकारको आयु कति भनेर प्रधानमन्त्री ओलीलाई सोध्नुपर्छ । उनले जे चाहन्छ्न, त्यसमै धेरै कुरा भर पर्छ । तीन पार्टीमध्ये कम खेल्ने र कम धोका दिनेमा कांग्रेस पर्छ । एमालेलाई नपर्खिने हो भने आज सरकार परिवर्तन हुन सक्छ । यसमा पनि देउवा आफ्नो वचन र  कमान्ड अडिग छन् । फेरि पनि एमालेसँगै सत्तामा जाने भनेर देउवा आफ्नो पालो पर्खँदै छन् । यसैले डराउनुपर्ने स्थिति छैन । सबै परिस्थितिलाई कति काबुमा राख्ने र कति छाड्दिने भन्ने कुरा प्रधानमन्त्री ओलीको हातमा छ । 

आन्तरिक विवाद बढाउन अपर्याप्त : बीआरआई र टीआरसी

बीआरआईमा प्रधानमन्त्री ओलीले पहिले गरेको सहमतिलाई फेरि नवीकरण गरेका हुन् । परियोजना विशेषमा पनि तत्काल कुन अनुदानमा हुने, कुन एडमा हुने, कुन लोनमा हुने हो भन्ने टुंगो लागेको छैन । पहिलेका जस्तै योजना अहिले परेका हुन् । झापा र डडेल्धुरामा मात्रै दुईवटा योजना नयाँ परेका छन् । यी प्रोजेक्ट पनि स–साना हुन् । 

कांग्रेसका नेतालाई एमालेका नेताले विश्वासमा राखेर सहकार्य गर्न खोज्दासम्म अप्ठ्यारो परिस्थिति आउँदैन । यसैले ओली सरकारको आयु कति भनेर प्रधानमन्त्री ओलीलाई सोध्नुपर्छ । उनले जे चाहन्छन्, त्यसमै धेरै कुरा भर पर्छ ।

अर्कातिर चीनमा आरजु राणा सँगै–सँगै हुँदा बीआरआईको दस्तावेजमा हस्ताक्षर भएको छ । पर्याप्त होमवर्क गरेर उनीहरूले छलफल गरेको देखिन्छ । नेपाली कांग्रेसका जिम्मेवार नेताहरू बीआरआईको यो सहमतिमा नजिकबाट सहभागी भएका छन् । यसैले प्रधानमन्त्रीले ढाँटे भनेर कांग्रेसका मूल संस्थापन र जिम्मेवार नेतालाई परेको छैन । पार्टीको तर्फबाट प्रधानमन्त्रीले धोका दिए भनेर कांग्रेसले संस्थागत रूपले भनेको पनि छैन । नेताविशेषले व्यक्तिगत रूपमा मात्रै केही शंका गरेका हुन् भन्ने लाग्छ । 

कांग्रेस हाम्रो पूँजीगत बजेट नै खर्च गर्न सकेका छैनौं, खर्च गर्ने संरचना विकास नगरेसम्म ऋण नस्वीकारौं भन्ने पक्षमा छ । यसैले नयाँ परियोजनामा ऋण नलिने उसको अडान हो । प्रधानमन्त्रीले ऋण बोकेर आएको परिस्थिति पनि छैन । दस्तावेजमा एड भन्ने शब्द छ । यसैले ऋणको भयबाट बाहिर आएको देखिन्छ । भए अनुदान नै हुन सक्छ, केही गरेर ऋणको कुरा आए पनि सफ्ट लोन हुन सक्छ । सफ्ट लोनमा पनि कुनै सहमति भएको छैन । हामीले कति बार्गेनिङ गर्न सक्छौं, त्यसमा धेरै कुरा भर पर्छ । एडीबी, वर्ल्ड बैंकसरह वा त्यो भन्दा कम ब्याजमा पनि पैसा लिन सकिन्छ । त्यो हाम्रो क्षमतामा भर पर्छ । तर, अहिले ओली कुनै काम नगरी फर्किएकाले बीआरआईमा आत्तिनुपर्ने स्थिति छैन । 

सिफारिस समितिको प्रस्तावमा सरकार र दलका मान्छे सहमत हुन नसक्दा सत्य निरुपण आयोगको नेतृत्वमा कुरा नमिलेको हो । सरकारका आफ्नै मान्छेको रोजाइको कुरा भन्दा यसपटक अलि फरक स्थिति छ । माओवादीसहितका दल जुन मान्छेमा सहमत हुन सक्थे, चाहेका थिए, ती मान्छेलाई अन्तर्राष्ट्रिय समुदायदेखि आन्तरिक द्वन्द्वपीडित र केही मानव अधिकारसँग सम्बन्धित मानिसहरूले विरोध गरे । यसपछि सरकार अप्ठ्यारोमा परेको हो । तर, ठूलो असमझदारी हो भन्ने लाग्दैन । जुनसुकै व्यक्ति आए पनि दलहरूसँगकै विश्वासमा अगाडि नबढी नहुने स्थिति छ, किनकि हामीले शान्तिका लागि काम गरेका हौं ।

दलहरूबीच नै विवाद भएसम्म शान्ति प्रक्रिया टुंगोमा पुग्न सक्दैन । सबैका लागि स्वीकार्य व्यक्ति होस् भन्ने चाहना देखिन्छ । जुन मान्छेमा एकमत हुन सक्थे ती मान्छेहरूलाई सम्बन्धित द्वन्द्वपीडित, मानव अधिकारवादी र अन्तर्राष्ट्रिय समुदाय केही व्यक्तिले पनि प्रस्तावित नाम ठीक होइन, भन्ने विषय उठाएको बाहिर सुनिएको छ । यसैले छनोट समितिले टुंग्याउन सकेन । टुंगोमा पुर्‍याउन नसकेपछि उनीहरूले राजीनामा दिए । तर, यसै प्रक्रियालाई अलि जटिल रूपले व्याख्या गर्न खोजिएको जस्तो लाग्छ । 

(लोकान्तरका लागि रमेश सापकोटासँग गरेको कुराकानीमा आधारित ।)

salt training

कमेन्ट गर्नुहोस्