
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासमा प्रसाईंलाई उपस्थित गराएर सुनुवाइ भएको हो ।
प्रसाईंलाई अदालतमा झिकाउन यस अघि आदेश भएअनुसार उनलाई शुक्रबार अदालतमा उपस्थित गराइएको हो ।
साइबर अपराधको कसुरमा उनी भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।
साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पुन: पक्राउ परेका थिए ।
व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।