२८ जेठ २०८३, बिहीबार

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश ​

पुस ५, २०८१
काठमाडौं
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश ​

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासमा प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।​​​

साइबर अपराधको कसुरमा उनी गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।

साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी मंसिर २७ गते आपराधिक लाभ र संगठित अपराधको कसुरमा पुन: पक्राउ परेका थिए ।

दोस्रोपटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने सर्वोच्चले आदेश दिएपछि उनलाई शुक्रबार सर्वोच्चमा हाजिर गराइएको थियो ।

व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्