१० साउन २०८३, आइतबार

झापा कप : चर्च ब्वाइज क्लब फाइनलमा

पुस ५, २०८१
काठमाडौं
झापा कप : चर्च ब्वाइज क्लब फाइनलमा

चर्च ब्वाइज युनाइटेड क्लब  बिर्तामोडमा जारी झापा फुटबल कपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनलमा सिरहाको सहलेश युवा क्लबमाथि १–० को कठिन जीत निकाल्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो । 

प्रतियोगिता प्रारम्भ भएको ८१ औं मिनेटमा विदेशी खेलाडी अर्मन्डको गोलले चर्च ब्वाइजका लागि गोल गरेका हुन् । चर्च ब्वाइजले खेल अवधिभर सहलेशको कडा दबाब झेलेको थियो ।

विपक्षी पोस्टमा आक्रमण गर्न नसके पनि खेलको अन्तिमतिर चर्च गोल गर्न सफल भएको हो ।

प्रतियोगितामा ‘प्लेयर अफ दी म्याच’ चर्च ब्वाइजका गोलकर्ता अर्मन्ड घोषित भएर नगद रु १० हजार पुरस्कार प्राप्त गरेका छन् ।

शनिबार सेमिफाइनल खेल सुनसरीको राष्ट्रिय जागृति क्लब र काठमाडौंको एनआरटी क्लबबीच हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्