२४ असार २०८३, बुधबार

अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

पुस ६, २०८१
काठमाडौं
अर्थमन्त्री पौडेल स्वदेश फिर्ता
फाइल तस्वीर

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फर्किएका छन् । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल हिजो साँझ स्वदेश फर्किएका हुन् । 

थाइल्याण्डको राजधानी बैंककमा बैठकको आयोजना गरिएको थियो । सम्मेलनमा दिगो विकासका लक्ष्य, स्रोत व्यवस्थापन, पूँजी परिचालन, सार्वजनिक  ऋण, जलवायु वित्तका लागि स्थापित कोष, वित्तीय अन्तरलगायत विषयमा छलफल भएको थियो ।  

एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गरेको परामर्श बैठकको अध्यक्षता नेपालले गरेको थियो ।

परामर्श बैठकबाट आएका सुझावसमेतलाई समावेश गरी सन् २०२५ मा स्पेनमा हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा पेश गरिने दस्ताबेज तयार पारिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्