
नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले राम्रो शुरूआत गरेको छ ।
सुदूरपश्चिमले पहिलो ओभरमा बिनाकुनै विकेटको क्षतिमा १७ रन बनाएको छ ।
ओपनर ब्याट्सम्यान विनोद भण्डारीले दुई छक्काको मद्दतले सुदूरपश्चिमले १७ रन बनाएको हो ।
भण्डारीले ४ बलमा १५ रन बनाए ।
सुदूरपश्चिमसामु आफ्नो परिचित प्रतिद्वन्द्वीमाथि जीतको ह्याट्रिक गरेर उपाधि जित्ने दाउमा छ भने जनकपुरसामु दुई हारको मीठो बदला लिएर उपाधि उचाल्ने अवसर छ ।