
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्स टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
पावरप्ले सकिँदा सुदूरपश्चिमले राम्रो शुरूआत गरेको छ । सुदूरले बिना कुनै विकेटको क्षतिमा ४८ रन बनाएको छ ।
सुदूरका विनोद भण्डारी २५ रन र सेइफ अलि जेइब १८ रन बनाएर क्रिजमा छन् ।
जनकपुर बोल्ट्सले पावरप्लेमा लगातार २ ओभर मेडन गरेको थियो ।
पहिलो ओभरमा १७ रन खाएका हर्ष थाकेरले तेस्रो ओभरको खेलमा आफ्नो दोस्रो ओभर भने मेडन दिए ।
इंगलिश ब्याट्सम्यान जेइबले थाकेरको दोस्रो ओभरमा भने कुनै पनि रन बनाउन सकेनन् ।
त्यसैगरी ललित राजवंशीले पनि पाँचौं ओभर मेडन गरेका छन् ।
चौथो र पाँचौं ओभरमा विनोद भण्डारीले एक रन पनि बनाउन सकेनन् ।