
नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्न १८५ रनको लक्ष्य पाएको जनकपुर बोल्ट्सले पावरप्लेमा ७१ रन बनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पच्छ्याउने क्रममा जनकपुरले बिनाविकेटको क्षतिमा ७१ रन बनाएको हो ।
पावरप्लेको खेल सकिँदा सुदूरपश्चिमले बिनाविकेट क्षतिमा ४८ रन बनाएको थियो भने जनकपुरले ७१ रन बनाएको छ ।
ओपनर ब्याट्सम्यान लाहिरु मिलान्था र आशिफ शेखले आक्रामक शुरूआत गर्नुका साथै बलियो साझेदारी कायम गरेका छन् ।
६ ओभरको खेल सकिँदा जनकपुरका लागि मिलान्थाले २१ बलमा ३४ रन र शेखले १५ बलमा ३२ रन बनाएर क्रिजमा सुरक्षित खेलिरहेका छन् ।