२९ असार २०८३, सोमबार

दीपेन्द्रसिंह ऐरीले जिते ओमोडा कार

पुस ६, २०८१
काठमाडौं
दीपेन्द्रसिंह ऐरीले जिते ओमोडा कार

नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ओमोडा कार जितेका छन् ।

उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी ऐरीले ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै कार प्राप्त गरेका हुन् ।

नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा ई फाइभ डीएलक्स कार उनले प्राप्त गरेका हुन् ।

यस्तै, अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक जनकपुर बोल्ट्सका ललित राजवंशीले जितेका छन् । 

प्लेयर अफ द टूर्नामेन्टको उपाधि भने सुदूरपश्चिम रोयल्सका शेइफ अलि जेइबले प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्