१४ असार २०८३, आइतबार

थुनुवा मुक्त गराइदिने भन्दै रकम लिने प्रहरीको फन्दामा

पुस ६, २०८१
कैलाली
थुनुवा मुक्त गराइदिने भन्दै रकम लिने प्रहरीको फन्दामा

 प्रहरी हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरिदिने भनी थुनुवाका परिवारबाट रकम लिने तीनजनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । 

कैलालीको गौरीगङ्गा नगरपालिका—७ का २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्कसाउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।  
 
लागुऔषध मुद्दामा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका धनगढी उपमहानगरपालिका–१ का एकजनाका परिवारका सदस्यबाट उनीहरुले भारतीय रुपैयाँ ३९ हजार पाँच सय लिएको फेला परेको उनले बताए । अन्य रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई गरिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्