३० असार २०८३, मंगलबार

आज पुसको पहिलो आइतबार, सूर्यको पूजा आराधना गरिँदै

पुस ७, २०८१
काठमाडौं
आज पुसको पहिलो आइतबार, सूर्यको पूजा आराधना गरिँदै

पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदैछ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ । 

आजलाई पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ । यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्यदेवको विशेष पूजा गरी करवीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ्य दिइन्छ । 

सूर्य भगवान्‌लाई मन पर्ने प्रसादको रूपमा घिउ खट्टे, चिनी आदि चढाइन्छ । पुस महिनाका सूर्यको नाम विष्णु हो । विष्णुले सबैसँग कुरा गर्दा एक पक्षलाई एक दिन मान्नुपर्ने एक पक्षको पक्षधरता छ ।

आजको दिन बर्तालुले घरमा ब्राह्मण बोलाएर पूजा आराधनासहित अन्न दान निदुपर्ने व्यवस्था रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाड्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । 

नौ ग्रहमध्ये सूर्य माझमा निवास गर्ने भएकाले उनलाई अधिपतिप्रमुख मालिक मानिन्छ । भगवान् सूर्यले आफ्नो ताप र प्रकाशले अन्धकारलाई स्वतस्फूर्त नाश गरी तीनैलोक स्वर्ग, मत्र्य, पाताल तताएर प्रकाशित गर्ने धार्मिक मान्यता छ । 

आइतबार सूर्यको सङ्क्रान्ति तथा शुक्लपक्षको सप्तमी पर्‍यो भने त्यो दिन गरेको पूजा, व्रत, जप अक्षय हुने बताइन्छ । जसले ‘आदित्याय बिध्महे भास्कराय धिमहि तन्नो भानु :प्रचोदयात्’ भनी सूर्यको गायत्री जपी पूजा, जप, स्तुति, मुद्रा, अञ्जलीले नमस्कार र धेनु मुद्राद्वारा ॐ इन्द्राय नमः स्वाहा, ॐ विष्णवे नमः भनी हवन र जप गर्दछ भने उसले सायुज्य मुक्ति प्राप्त गर्ने भट्टराई बताउँछन् । 

धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नगर्दा राम्रो हुन्छ । यो दिन मासु, रक्सी जस्ता भोजन खानु हुँदैन । 

आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ । आजको दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान् सूर्यलाई जलले मन्त्रसहित अर्घ्य दिँदा पुण्य कमाइने भट्टराईले बताए । 

salt training

कमेन्ट गर्नुहोस्