०५ साउन २०८३, मंगलबार

होण्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड सम्पन्न​

पुस ७, २०८१
काठमाडौं
होण्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड सम्पन्न​

होण्डाको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनी प्रालिले होण्डा NX200 को विशेष मिडिया टेस्ट राइड गरेको छ ।

नेपालमा दुई पांग्रे सवारी साधन बजारमा नयाँ राइडिङ अनुभूतिका लागि टेस्ट राइडको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

‘फ्रम सिटी लाइट्स टू माउनटेन हाइट्स, राइड इट अल’ भन्ने नारामा आधारित यो कार्यक्रममा मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई शहरको बाटो र पहाडी ट्रेलहरूमा बाइकको बहुप्रयोजन र प्रदर्शन अनुभव गराइएको थियो ।

उक्त टेस्ट राइड होण्डाको एकान्तकुना सर्भिस सेन्टरबाट शुरू भई नख्खु, चोभार, चोभार ड्राइपोर्ट, टौदह, चाल्नाखेल, फर्पिङ हुँदै हत्तिवनको जङ्गल पार गर्दै हत्तिवन हिमालयन हाइट रिसोर्टमा पुगेर टुङ्गिएको कम्पनीले जनाएको छ ।

यो शहरको बाटो, उकालो र कठोर ट्रेलको मिश्रित मार्गले मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूले NX200 को बहुमुखी प्रदर्शन र क्षमता प्रत्यक्ष अनुभव गरेका थिए ।

NX200 मिट एन्ड ग्रिट कार्यक्रममा साहसिक यात्रा प्रेमी र शहरमा सवार गर्न रुचाउने राइडरहरू एकै ठाउँमा भेला हुने मौका समेत पाएका थिए ।

यसले बाइकको ‘एडभेन्चर–क्रसओभर स्टाइलिङ’ र बहुप्रयोजन क्षमता प्रस्तुत गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बाइकमा रहेको यूएसडी (अपसाइड डाउन) गोलडेन फ्रन्ट सस्पेन्सनले अप्ठ्यारो बाटोमा सहजै पार गर्न सक्षम बनाउनाले NX200 बाइकले अफरोड यात्राका लागि विशेष गरी नेपालको युवा पुस्तामाझ लोकप्रियता बटुलेको छ ।

यसमा रहेको स्लिपर क्लचले गियर परिवर्तन सहज बनाउँछ भने सिंगल च्यानल एबीएसले ब्रेक लगाउँदा सुरक्षा र नियन्त्रण बढाउँछ ।

२०२४ मार्चमा सार्वजनिक गरिएको यो बाइकले माथि उठेको ह्यान्डलबार र अपराइट बसाइको सुविधासहित लामो यात्राका लागि आरामदायी राइड प्रदान गर्ने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्