
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. बुद्धिमान श्रेष्ठ नियुक्त भएका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३६ (घ) बमोजिम उनलाई प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले नियुक्त गरेका हुन् ।
'नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा गोरखाका डा. बुद्धिमान श्रेष्ठलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गर्नुभएको छ,' पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।