![पछिल्ला वर्षहरूमा रवि र निकिताको खातामा जम्मा भएको थियो करोडका करोड रकम [विवरणसहित]](https://lktcdn2.prixacdn.net/media/Rabi_Nikita_1_XAeELli55q.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेलको सम्पत्ति छानबिन गर्दा विभिन्न बैंक खातामा २८ करोड ९१ लाख ३६ हजार ९ सय ६७ रुपैयाँ ६१ पैसा जम्मा गरेको पाइएको छ ।
प्रहरीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्दा बैंकमा सबैभन्दा धेरै निकिताकै खाताबाट कारोबार गरेको देखिन्छ ।
रविले सम्पत्ति शुद्धीकरणबाट बच्न निकिताको खाता प्रयोग गरेको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अदालतमा पेश गरेको अभियोग पत्रअनुसार रविको एकल तीनवटा, निकिताको एकल १३ वटा र रवि–निकिताको संयुक्त एउटा गरी १७ वटा खातामा अस्वाभाविक कारोबार गरेको भेटिएको छ ।
सन् २०११ अगस्ट १९ देखि २०२४ नोभेम्बर २५ सम्मको कारोबार हेर्दा उनीहरूको खाताबाट कूल २९ करोड ७ लाख ८४ हजार ४ सय ६९ रुपैयाँ १५ पैसा झिकेको पाइएको छ ।
हाल रवि–निकिताको खातामा जम्मा ७ लाख ७४ हजार ७ सय ७४ रुपैयाँ ५९ पैसा जम्मा देखिन्छ ।
रविको एकल खाता रहेका बैंकहरू ग्लोबल आइएमई, नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंक छन् । निकिताको भने सिद्धार्थ, लक्ष्मी सनराइज, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकमा खाता रहेको देखिन्छ ।
यस्तो छ खाता र कारोबारको विवरण :
