२८ जेठ २०८३, बिहीबार

सहकारी ठगीको आरोपमा भरत जंगम पक्राउ

पुस ७, २०८१
काठमाडौं
सहकारी ठगीको आरोपमा भरत जंगम पक्राउ

काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगमलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि नियन्त्रणमा लिइएको काठमाडौंका एसएसपी वसन्त रजौरेले लोकान्तरलाई जानकारी दिए ।​​​

जंगम उक्त सहकारीको पूर्वअध्यक्ष हुन् ।

साई स्वागतको निवर्तमान उपाध्यक्ष निकिता पौडेल हुन् । उनी  रास्वपा सभापति रवि लामिछानेकी श्रीमती हुन् ।

पौडेलविरुद्ध यसअघि जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण मुद्दामा सम्पत्ति जफत गर्न अदालतसमक्ष मागदाबी गरेको छ ।

सूर्यदर्शन सहकारी ठगीको अभियोग दर्ता गर्ने क्रममा वकिल कार्यालयले निकिताको सम्पत्ति जफत गर्न माग गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्