
डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधर नियुक्त भएकी छिन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनलाई डेनमार्कको आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आज राजदूतमा नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।