२६ असार २०८३, शुक्रबार

दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त

पुस ७, २०८१
काठमाडौं
दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा धनेश्वर नेपाल र पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा वेदराज केसीलाई नियुक्त गरेका छन् । 

दुवै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज रिक्त उपकुलपतिमा नेपाल र केसीलाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ । 

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ ज्योतिष विभागका अध्यक्ष रहेका प्राडा नेपालले यसअघि विश्वविद्यालयका परीक्षा नियन्त्रक भएरसमेत काम गरिसकेका छन् । 

उनले नेपाल प्राध्यापक सङ्घ, नेपाल संस्कृत विश्वविद्यालयको महासचिव रहेर पनि काम गरिसकेका छन् । प्रजातन्त्रवादी प्राध्यापकका रूपमा सक्रिय नेपालले १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपकुलपतिमा नियुक्त भएका हुन् । 

यसैगरी पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त केसी १२ जना प्रतिस्पर्धीलाई पछि पार्दैै उपकुलपति नियुक्त भएका हुन् । केसी नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष हुन् । 

salt training

कमेन्ट गर्नुहोस्