२३ जेठ २०८३, शनिबार
फोटो सार्वजनिक प्रकरण

हिरासतमा रहेका रवि लामिछानेको तस्बिर सार्वजनिक गर्ने भुसाल पक्राउ

पुस ७, २०८१
काठमाडौं
हिरासतमा रहेका रवि लामिछानेको तस्बिर सार्वजनिक गर्ने भुसाल पक्राउ

आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका निकोलस भुसाल पक्राउ परेका छन् । 

केही दिनअघि हिरासतमा सुतिरहेका रास्वपा सभापति रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 उनलाई राजधानीबाट आइतबार पक्राउ गरिएको  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपीसानुराम भट्टराईले जानकारी दिए । 

कानुन विपरीत फोटो सार्वजनिक गरेपछि गृहमन्त्री रमेश लेखकले यसमा संलग्नमाथि कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए । सोही आधारमा  उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी भइसकेको थियो । 

उनलाई सोमबार कास्की पठाइनेछ । 

कन्ट्रोल रूमबाट खिचिएको थियो रवि सुतेको फोटो, खिच्नेमाथि कारबाही हुन्छ– प्रहरी

salt training

कमेन्ट गर्नुहोस्