२४ असार २०८३, बुधबार

सरकारको निर्णयमा विप्लवको आपत्ति

पुस ८, २०८१
काठमाडौं
सरकारको निर्णयमा विप्लवको आपत्ति

 संसदमा दर्ता भएको केही नेपाल ऐन (संशोधन) विद्येयकको दफा ६४ फिर्ता लिने सरकारको निर्णयप्रति नेकपाले आपत्ति जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै नेकपा महासचिव विप्लवले नेपाल सरकारले पुस ७ गते ऐनको दफा ६४ फिर्ता लिन गरेको प्रस्तावप्रति गम्भीर आपत्ति जनाएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकार आफैँले विगतमा गरेको निर्णय कार्यान्वयन गर्नुको सट्टा राजनीतिक सहमतिबाट राज्य आफै पछि फर्किन्नु, छलछाम र षड्यन्त्रबाट गुज्रन खोजेको प्रस्ट भएको विप्लवको जिकिर छ । विज्ञप्तिमा विप्लवले  राजनीतिक दलमाथि लागेका मुद्दा फिर्ता लिने निर्णय बदर गर्नेगरी वर्तमान कानूनमन्त्री अजयकुमार चौरसियाद्वारा विद्येयक प्रस्ताव गर्नुले सरकार तीन बुँदे सहमतिबाट पछि हट्न खोजेको भान भएको उल्लेख गरेका छन् । 

विज्ञप्तिमा विप्लवले सरकारको धम्कीले जनताको न्यायपूर्ण आन्दोलन नरोकिने पनि बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्