२४ असार २०८३, बुधबार

इजरायलले गर्‍यो हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या गरेको पुष्टि

पुस ९, २०८१
काठमाडौं
इजरायलले गर्‍यो हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या गरेको पुष्टि

इजरायलले हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या गरेको पुष्टि गरेको छ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले पहिलो पटक इजरायलले हमासका राजनीतिक नेता इस्माइल हानियालाई तेहरानमा मारेको स्वीकार गरेका हुन् । 

आफ्नो भाषणमा उनले यमनमा इरान समर्थित हुथी समूहका नेताहरूलाई निशाना बनाउने कुरा गरेसमेत गरेको बीबीसीले जनाएको छ । यस क्रममा उनले हमासका नेताबारे पनि कुराकानी गरेका थिए ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग गाजामा युद्धविरामका लागि सहमतितर्फ केही प्रगति भएको बताएका छन् । तर, यो सम्झौता कहिले हुन्छ भन्ने कुनै समय सीमा तोकिएको छैन ।

गत जुलाईमा इरायली कारबाहीमा हमासका प्रमुख नेता इस्माइल हानिया मारिएका थिए । 

 

हमासका अनुसार तेहरानमा आफ्नै निवासमा भएको बेला इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्