
नुवाकोटमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ककनी गाउँपालिका- ७ चतुरालेका २९ वर्षीय सन्तराम तामाङ छन् ।
२६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सन्तरामले ती महिलालाई यही पुस ३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।