२५ असार २०८३, बिहीबार
बालकोट घटना

पक्राउ परेका मिलनले गरे बुवा र भाइको हत्या गरेको स्वीकार

पुस ९, २०८१
काठमाडौं
पक्राउ परेका मिलनले गरे बुवा र भाइको हत्या गरेको स्वीकार

भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटमा बाबु-छोरा मृत फेला परेको घटनामा एक जना पक्राउ परेका छन् ।

कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण सोमबार मृत भेटिएका थिए ।

प्रहरीको सम्पर्कमा आएका उनका जेठो छोरा मिलन हुन् । अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महाराजगंज प्रहरी वृत्तमा राखेर सोधपुछ गरिरहेको छ ।

अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार मिलनले प्रहरीमा आत्मसमर्पण गरेका हुन् । ‘हामीले सोधपुछ गरिरहेका छौं, केही बेरमा भक्तपुर जिल्ला प्रहरी परिसरमा बुझाइदिन्छौं ।’ 

प्रहरीका अनुसार उनले आफूले हत्या गरेको पनि स्वीकार गरेका छन् । 

सोमबार जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद बालकोटमा छोरासहित मृत भेटिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्