१० असार २०८३, बुधबार

सवारीसाधनको कर र जरिवानामा शतप्रतिशत छुट

पुस ११, २०८१
सिरहा
सवारीसाधनको कर र जरिवानामा शतप्रतिशत छुट
फाइल तस्वीर

मधेश प्रदेश सरकारले सवारीसाधनको कर र जरिवानामा लाग्ने शुल्कलाई शत्प्रतिशत छुट दिने भएको छ । 

मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१  गत मङ्सिर १९ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । 

सोही ऐनअन्तर्गत सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुटसम्बन्धी निर्णय भएको श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका शाखा अधिकृत सुनिलकुमार शाहले जारी गरेको सूचनामा उल्लेख छ । 

यस्तै, यातायात व्यवस्था कार्यालय लहान, सिरहाले पनि यससम्बन्धी सूचना जारी गरेर जानकारी दिएको छ । कार्यालयका वरिष्ठ शाखा अधिकृत विनीतकुमार झाले जारी गरेको सूचनामा ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको एक वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नवीकरण गराउँदा, सवारीसाधन कर र नवीकरण दस्तुरमा लाग्ने जरिवानामा शत्प्रतिशत छुट दिने उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्