२१ असार २०८३, आइतबार

म्यासेडोनिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

पुस ११, २०८१
काठमाडौं
म्यासेडोनिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

वैदेशिक रोजगारका लागि म्यासेडोनिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छन् । 

पक्राउ पर्नेमा खोटाङको केपीलासगढी गाउँपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-४ चण्डोल बस्ने २८ वर्षीय चिना कोयी राई छन् । 

उनले म्यासेडोनिया पठाउने भन्दै २ जना व्यक्तिबाट १२ लाख ९१ हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ। लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएपछि प्रहरीमा उजुरी परेको थियो ।

पीडितको उजुरीपछि खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई चण्डोलबाट पक्राउ गरिएको एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

पक्राउ परेका राईलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी आचार्यले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्