०८ साउन २०८३, शुक्रबार

एन्फा यू–१६ युथ लिगमा  चर्च ब्वाइजको विजयी शुरूआत

पुस १२, २०८१
काठमाडौं
एन्फा यू–१६ युथ लिगमा  चर्च ब्वाइजको विजयी शुरूआत

चर्च ब्वाइज युनाइटेड क्लबले एन्फा यू–१६ युथ लिग फुटबल प्रतियोगिताको उद्‌घाटन खेलमा जीत हासिल गरेको छ । ​

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा आज भएको खेलमा चर्च ब्वाइजले सङ्कटा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

चर्च ब्वाइजका लागि सनिल मगर र सुगम रानाले समान १/१ गोल गरे । त्यस्तै, यता सङ्कटाका लागि भने पेम्बा तामाङले गोल गरे ।

खेलको १५औं मिनेटमा पेम्बाको ‘पेनाल्टी’ गोलमार्फत सङ्कटाले पहिलो अग्रता लियो ।

त्यसपछि खेलको ३०औं मिनेटमा चर्च ब्वाइजका सनिलले ‘फ्री किक’मार्फत एक गोल गर्दै खेललाई १/१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८४औं सुगमले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जीत दिलाए ।

salt training

कमेन्ट गर्नुहोस्