३१ असार २०८३, बुधबार

माधव नेपालद्वारा भारतका पूर्वप्रधानमन्त्री डा सिंहको निधनप्रति दुःख व्यक्त

पुस १२, २०८१
काठमाडौं
माधव नेपालद्वारा भारतका पूर्वप्रधानमन्त्री डा सिंहको निधनप्रति दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन्। 

उनले आज एक शोक सन्देश जारी गर्दै भारतको आर्थिक विकासका परिकल्पनाकार एवं अर्थशास्त्री डा सिंहको निधनबाट नेपालले असल मित्र गुमाएको बताएका हुन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका भेटवार्ताको स्मरण गर्दै उनको निधनले भारतका लागि मात्र नभई सम्पूर्ण विश्व समुदायको लागि ठूलो क्षति पुगेको उल्लेख गरे ।

    सिंहको निधनको खबरले आफूलाई अत्यन्त दुःखी तुल्याएको बताउँदै उनले आफू र आफ्नो पार्टीका तर्फबाट सिंह परिवार, भारतका प्रधानमन्त्री, भारत सरकार र भारतीय जनतामा समवेदना प्रकट गरे। सिंहको ९२ वर्षको उमेरमा निधन गएराति निधन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्