२१ असार २०८३, आइतबार

शेरा दरबारको झण्डै १६८ रोपनी जग्गा जफत गर्न सीआईबीको सिफारिस

पुस १३, २०८१
काठमाडौं
शेरा दरबारको झण्डै १६८ रोपनी जग्गा जफत गर्न सीआईबीको सिफारिस

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नुवाकोटस्थित शेरा दरबारको झण्डै एक सय ६८ रोपनी जग्गा दुरुपयोग भएकाले सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । 

सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले अनुसन्धानमा जग्गा दुरुपयोग भएको पाइएकाले सरकारको नाममा ल्याउनुपर्ने बताए । त्यसका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पत्राचार गरिएको उनले जानकारी दिए । 

जग्गाका विषयमा अख्तियारलाई समेत जानकारीसहितको पत्र पठाइएको उनले बताए । सीआईबीले चार महिनाभन्दा बढी लगाएर जग्गाको अनुसन्धान गरेको जनाएको छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमा एक सय ८४ रोपनीमा शीतकालीन दरबार निर्माण गरेको र त्यो जग्गामा अधिकांश व्यक्तिको फर्ममा पुगेको अनुसन्धानमा फेला परेको सीआइबीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्