१० असार २०८३, बुधबार

भारतका पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

पुस १३, २०८१
काठमाडौं
भारतका पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उनको अन्तिम संस्कार नयाँ दिल्लीको निगमबोध घाटमा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको हो । 

सिंहको बिहीवार राति ९२ वर्षको उमेरमा निधन भएको हो । उनको निधनमा सरकारले सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ । शोक आउँदो जनवरी १ तारिखसम्म मनाइनेछ । त्यस्तै राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

salt training

कमेन्ट गर्नुहोस्