१९ असार २०८३, शुक्रबार

प्रधानसेनापति सिग्देलले गरे सुदूरपश्चिम पृतना अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण

पुस १३, २०८१
काठमाडौं
प्रधानसेनापति सिग्देलले गरे सुदूरपश्चिम पृतना अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण

प्रधानसेनापति अशोकराज सिग्देलले सुदूरपश्चिम पृतना तथा अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् ।

यही पुस १२ र १३ गते भएको भ्रमणको क्रममा उनले उक्त पृतना हेक्वा तथा अन्तर्गतका युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति तथा विविध पक्षबारे उनले जानकारी लिएका हुन् । साथै उनले ​सकलदर्जालाई सम्बोधनसमेत गरेका छन् ।

निरीक्षण भ्रमणका क्रममा उनले बैतडीस्थित श्रीवक्स गुल्म, बझाङस्थित वीरभद्रजंग गुल्म र डोटीको सिलगढीस्थित भैरवप्रसाद गणले सञ्चालन गरिरहेको सामूहिक तालिमको निरीक्षण गरेका थिए ।

null

सो क्रममा उनले सामूहिक तालिमको विविध पक्षका बारेमा जानकारी लिनुका साथै तालिमरत सकलदर्जालाई सम्बोधन गरेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

null

null

null

salt training

कमेन्ट गर्नुहोस्