२० असार २०८३, शनिबार

सम्पत्ति शुद्धीकरणको हतियार चलाइए ठुला दलका कोही जोगिन सक्दैनन् : लिङ्देन

पुस १३, २०८१
काठमाडौं
सम्पत्ति शुद्धीकरणको हतियार चलाइए ठुला दलका कोही जोगिन सक्दैनन् : लिङ्देन

राप्रपा अध्यक्ष लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियार चलाइए ठुला दलका कोही जोगिन नसक्ने बताएका छन् । राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोध सभामा अध्यक्ष लिङ्देनले रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलिसकेको भन्दै अब दाप बाहिर आइसकेकाले रोकिन नहुने बताए । 

 लिङ्देनले नेपालको सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै सुरुमा राप्रपा नेताहरूबाट छानबिन गर्न तयार रहेको बताए । अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई झन् झन् संरक्षण गरेको भन्दै देशको लागि राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र अपरिहार्य रहेकोमा जोड दिए।

 विरोध सभालाई सम्बोधन गर्दै सो पार्टीका निर्देशन समितिका अध्यक्ष डा.प्रकाश चन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीका कारण प्रजातन्त्र खतरामा परेको बताए । उनले प्रजातान्त्रिक दलहरूको नाममा प्रजातन्त्र मास्ने काम भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्